1100×100 Nabil Advert

‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट आइएमई पे सम्मानित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ प्रतिष्ठित ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उक्त अवार्डलाई फिनटेक क्षेत्रमा नवप्रवर्तन, नेतृत्वदायी जनशक्ति व्यवस्थापन, सहज ग्राहक सेवा, वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धताप्रतिको सम्मानको रुपमा लिएको बताउनुभयो ।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डलमार्फत मूल्यांकन गराई नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १७:१३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु