1100×100 Nabil Advert

काठमाडौंमा बिजुलीका तार भूमिगत गरिंदै, यी ठाउँमा हुन्छ विद्युत अवरोध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम गर्दैछ । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन आइतबारदेखि भूमिगत गर्ने काम प्रारम्भ हुने प्राधिकरणले जनाएको छ । विद्युतीय लाइन भूमिगत गर्दा ती क्षेत्रमा विद्युत अवरोध हुने जनाइएको छ ।

प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै विद्युतीय लाइभ भूमिगत गर्ने कार्यका कारण विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार यसरी काम भइरहेका बेला हरेक आइतबार विहान ९ बजेदेखि १ बजेसम्म विद्युत आपुर्ति बन्द हुनेछ ।
आइतबार महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै, माघ ९ गते गणेश चोकदेखि स्पेशल चोकसम्मको क्षेत्र, माघ १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रमा विद्युत अवरुद्ध हुने जनाएको छ ।

त्यस्तै, माघ ११ गते चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, माघ १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म र माघ १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत सेवा बन्द हुने प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित समय ११:०२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु