1100×100 Nabil Advert

एभरेष्ट बैंकको मुनाफामा बृद्धि, अन्य सूचक समेत अब्बल

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको मुनाफा र इपिएस दुवैमा वृद्धि भएको देखिएको छ । बैंकद्वारा आइतबार प्रकाशित वित्तीय विवरणअनुसार बैंकको मुनाफा दोस्रो त्रैमाससम्म करिब ८ प्रतिशतले बृद्धि भएको हो । समिक्षा अवधिमा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको सञ्चालन नाफामा बएको बृद्धिले खुद नाफा वृद्धि भएको हो । बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ७.८८ प्रतिशत बढी हो ।

एभरेष्ट बैंकको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ११ अर्ब ४२ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
बैंकको निक्षेप संकलन २ खर्ब १३ अर्ब ८६ करोड २४ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ खर्ब ६८ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि शून्य दशमलव ७७ प्रतिशत मात्रै छ ।

बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १२ पैसा छ । प्रतिसेयर नेटवर्थसमेत २१९ रुपैयाँ ५७ रुपैयाँ छ । यसरी हेर्दा एभरेष्ट बैंकका सबैजसो सूचकहरु अब्बल रहेका छन् ।

प्रकाशित समय ०९:०० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु