1100×100 Nabil Advert

महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु

रौतहट । नेपाल विद्युत् प्राधिकरणले रौतहटमा लामो समयदेखि महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको जनाएको छ । प्राधिकरणको मौलापुर वितरण केन्द्रले विद्युतको वक्यौता महसुल नतिर्ने ग्राहकको लाईन काट्ने अभियान थालेको जनाएको हो । विद्युत् महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको ६० औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताको विद्युत् लाइन काट्न सकिने प्रावधान छ ।

तर केहि ग्राहकहरुले अटेर गरेर विद्युत महसुल नतिरेपछि लाईन काट्ने अभियान थालिएको वितरण केन्द्रका प्रमुख दिनेश यादवले बताए । लामो समयदेखि बाँकी वक्यौता नतिर्ने र ६० दिन नाघेका ग्राहकको लाईन काट्न थालिएको जनाएको छ । विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि बाध्य भएर मौलापुर वितरण केन्द्रले लाइन काट्नु परेको प्रमुख यादवले बताए । प्राधिकरणले महसुल नतिर्ने गा्रहकको लाइन काट्ने अभियान देशभर नै थालिएको छ ।

विद्युत महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको हकमा मौजुदा महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म पाँच प्रतिशतका दरले थप शुल्क लाग्नेछ । यस्तै, ३१ औं दिनदेखि ४० औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाउने विद्युत उपभोक्ताको विद्युत लाइन काट्न सकिने प्रावधान उक्त विनियमावलीमा छ ।

लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान प्राधिकरणको विनियमावलीमा छ । अब विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६० औं दिनसम्म पनि बक्यौता महसुल भुक्तान नगर्नेको चरणबद्ध रूपमा लाइन काटी महसुल असुल उपर गर्ने नीति लिएको नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित समय १३:४५ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु