1100×100 Nabil Advert

गरिमा विकास बैंकले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गर्ने निर्णय गरेको छ । प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण-सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।

हाल विकास बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया १४ पैसा मात्र रहेकोमा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण-सभाबाट पारित भएपश्चात रु.५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया ५७ पैसा पुग्नेछ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित समय १३:३४ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु