नेसनल बक्स अफिस दशैं तिहार म्युजिक अवार्डबाट को–को बने विजेता ?
काठमाडौं । बक्स अफिस इन्टरनेसनल गु्रप ग्लोबल एक्ट्रेस फेडेरेशन (विश्व कलाकार महासंघ)ले बडा दशैं र तिहारको गीत–संगीत समेटेर हरेक वर्षको कागतिहारमा नियमित आयोजना गर्दै आएको नेपालको एकमात्र दशैं–तिहार म्युजिक अवार्ड नेशनल बक्स अफिस दशैं–तिहार म्युजिक अवार्ड २०८० संस्करण यो वर्ष पनि भव्यताको साथ सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आथित्यमा प्रसिद्ध धार्मिक तथा पर्यटन स्थान नेपालकै ठूलो काग स्तम्भ शहीदपार्कमा भव्यताको साथ उक्त अवार्ड सम्पन्न भएको छ । पराम्परागत लोप हुँदै गएको खैजुरी झ्याली, मौलिक लोक भजन, देउसी भैलोको आकर्षक प्रस्तुति, नृत्य, सेलरोटी, गोदावरी, सयपत्री, मखमली फुलको माला प्रदर्शनीले पर्यटकीय स्थान कागेश्वरी रंगाउँदै बक्स अफिस इन्टरनेसनल ग्रुपले यो भिन्दै प्रकारको अवार्ड विगत लामो समयदेखि निरन्तर कागतिहारको शुभदिन आयोजना राखेको अवार्ड अध्यक्ष आरके सुवेदीले बताए ।
विगतको वर्षभन्दा दशैं तिहार सम्बन्धित गीत–संगीत ६० प्रतिशतले गिरावट यो बर्षको बक्स अफिस दशैं–तिहार म्युजिक अवार्डमा कूल ८० वटा गीत–संगीतले स्थान बनाएको थिए । २०८० को दशैं तिहारमा निर्माण गरी सार्वजनिक भएको सम्पूर्ण गीत–संगीतलाई पछि पार्दै आफ्नो प्रतिस्पर्धामा सँगै देखिएका लोकप्रिय गायक बद्री पंगेनीलाई उछिन्दै निकेस राईले तिहार आयो तिहार म्युजिक भिडियो गीतबाट आफूलाई उत्कृष्ट गायक प्रमाणित गरेका छन् भन्ने उत्कृष्ट पाँच गायिकाहरुलाई पछि पार्दै गायक बद्री पंगेनिको देउसी भैलो चाडपर्व गीतबाट शान्तिश्री परियारले सर्वोत्कृष्ट गायिकाको बाजी मारेकी छिन् ।

यो वर्षको उत्कृष्ट देउसी भैलो गीतकारमा वरिष्ठ गायक शम्भु राईले देउसी भैलो तिहार म्युजिक भिडियो बाटा अवार्ड हत्याएका छन् । बद्री पंगेनीको देउसी भैलो तिहार गीतबाट अञ्जली अधिकारी उत्कृष्ट मोडल र कोइया राई देउसी–भैलो तिहार म्युजिक भिडियोबाट उत्कृष्ट नवमोडलको अवार्ड प्राप्त गरेको छिन् । त्यसैगरी उत्कृष्ठ देउसी–भैलो भिडियोबाट छायाँकारमा सुरेश श्रेष्ठ देउसी–भैलो तिहार भिडियोबाट मुकेश नेपाली उत्कृष्ट नित्य निर्देशक तिहारै आयो भिडियोबाट उत्कृष्ट मेकअपमा शोभा त्रिपाठी, उत्कृष्ट संगीतमा ढकमक फुल फुल्यो, सम्पादकमा मनोज कार्की, देउसी भैलोबाट उत्कृष्ठ सम्पादक र ढकमक फुलैफुलबाट सर्वोउत्कृष्ट संगीतकारमा ललितबहादुर बर्देवा यही गितबाट उत्कृष्ट भिडियोसहित नवीन खड्का उत्कृष्ठ भिडियो निर्देशक अवार्डमा घोषणा गरिएको थियो ।
कार्यक्रमा विशिष्ट अथिति समाजसेवी तिलबहादुर कार्की, गणेश जिसिले प्रसिद्ध समाजसेवी तथा व्यापारी सुनिल ढकाल, मन्जु थापा, पार्वती कार्की साहित्यकार जानुका अर्याल, शोभा अर्याल, निर्माता कलाकार उदव भट्टराई, मारुती खडका, अमृता बस्न्नेत, धार्मिक व्यक्तित्व श्रीकृष्ण चौलागाईं, गायिका सूर्यकला आचार्य, स्थानीय कलाकार हरिचन्द्र फुयाल, केदार खड्का, शुभद्रा फुयाल, मिना पौडेल, देविका न्यौपाने, सपना कँडेल, रामशरण श्रेष्ठ, किरण श्रेष्ठ, श्याम श्रेष्ठ, जयबहादुर तामाङ, प्रकाश फुयाललगायत विभिन्न बेक्तित्वलाई कदरपत्रबाट सम्मान गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट मौलिक भजन देउसी भैलो समूहका केदार भट्टराई, बाबुराम सत्याल, ज्ञानप्रसाद धिताल, नारायणप्रसाद न्यौपाने, विनोद सत्याल, प्रविन थापा, विवेक भट्टराई र शम्भु चालिसे कदरपत्रबाट सम्मानित भएको छन् ।
प्रकाशित समय २०:५६ बजे




















