1100×100 Nabil Advert

सिडि बिजय अधिकारीको ‘सिकारी–२’ फुलपातीमा सार्वजनिक हुँदै

भ्वाइस अफ नेपाल सिजन–१ का बिजेता तथा पछिल्लो समयका चर्चित गायक सिडि बिजय अधिकारीको नयाँ गीत ‘सिकारी–२’को म्युजिक भिडियो फुलपातीका दिन सार्वजनिक हुने भएको छ ।

गतवर्ष ‘सिकारी’ गीत सार्वजनिक गरेका अधिकारीका सबैजसो गीत नेपाली सांगितीक बजारमा लोकप्रिय बनेका छन । युटयुवमा पाँच मिलियनभन्दा बढी भ्युअर्स कमाएको ‘सिकारी’ गीतको नयाँ भर्सनसहित ‘सिकारी–२’ बजारमा ल्याउन लागिएको निर्माण पक्षले जनाएको छ ।

सिडिएम म्युजिक क्रिएसनको व्यानरमा निर्माण भएको ‘सिकारी–२’मा अधिकारीको आवाज रहेको छ भने राजकुमार बगरको शब्द–संगित रहेको छ । सन्तोष राजवाहकले निर्देशन गरेको म्युजिक भिडियो काभ्रेपलाञ्चोकका विभिन्न रमणियस्थलमा छायांकन गरिएको छ ।

म्युजिक भिडियोमा पछिल्लो समयमा व्यस्त र चर्चाको शिखर चुमिरहेका दिपेन्द्र राज गिरीका साथमा स्वयं गायक अधिकारी, शिशिर भण्डारी, निक्स शर्मा, कृषला तामाङ तथा अनिषा ओलीको अभिनय देख्न सकिन्छ ।

करिब २ हप्ता अघिमात्र ‘मेरो लासको मलामी’ गीतको फिमेल भर्सन बजारमा ल्याएका अधिकारीको उक्त गीतमा पनि दिपेन्द्रराज गिरीको अभिनय देख्न सकिन्छ । उक्त गीतले बजारमा अहिले राम्रो प्रतिक्रिया र भ्युअर्स पाइरहेको छ ।

 

 

 

प्रकाशित समय २१:३६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु