1100×100 Nabil Advert

बझाङ भूकम्प : तीन जना घाइते, दर्जनौ घर भत्किए

काठमाडौं । पश्चिम नेपालमा गएको दुई ठूला भूकम्पमा परी तीन जना घाइते भएका छन् । जयपृथ्वी नगरपालीकामा रहेको जाल्पा माविमाका एक विद्यार्थी घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

उनका अनुसार बझाङका धेरै भौतिक संरचनामा क्षति पुगेको र भूकम्पका कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । साथै, भोजपुरको सत्यवादी माविमा अध्ययनरत दुई विद्यार्थी पनि घाइते भएका छन् ।  उनीहरुको जील्ला अस्पतालमा उपचार भैरहेको स्थानीय सञ्चारकर्मी रमेश सिंहले जानकारी दिए । भूकम्पका कारण दर्जनौ घरमा क्षति पुगेको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूकम्प गएको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को ठूलो भूकम्प गएको हो । दुई ठूला भूकम्पले बझाङको चैनपुरमा रहेको धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ ।भोजपुर,बझाङ लगायतका पश्चिम नेपालका जिल्लाहरुमा भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित समय २०:२९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु