1100×100 Nabil Advert

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

काठमाडौं । हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहनुहुने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । अल्पसङ्ख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा यस गरिमा विकास बैंकले आफ्ना विदेशमा रहनुहुने ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको छ ।

अब विदेशमा बसि यस विकास बैंक मार्फत् मोबाईल बैकिङ सेवा लिन चाहनुहुने ग्राहकमहानुभावहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिनसक्नुहुनेछ । साथै, यो सुविधा लिनुहुने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्नुहुनेछ ।

बैंकले कहिले पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण जस्तै पिन, पासवर्ड, ओटिपि आदि माग्दैन तसर्थ फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ्ग विवरण अरुलाई नबाडि दिनुहुन समेत बैंक अनुरोध गर्दछ ।

प्रकाशित समय १७:५१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु