1100×100 Nabil Advert

‘तीज पनि आयो बरि लै…’ गीत सार्वजनिक

काठमाडौं । हिन्दु नारीको महान चाड नजिकिदै गर्दा तीज भाका केन्द्रित गीत सार्वजनिक हुनेक्रम जारी छ । यसैक्रममा मनमाया वाइवाको स्वरमा ‘घुमिफिरी तीज पनि आयो बरिलै‘ बोलको गीत सार्वजनिक भएको छ । मुक्ति अर्यालको शब्द रहेको उक्त गीतमा नारायण त्रिपाठी (प्रेमचरो)को परिकल्पना तथा लय रहेको छ ।

बजारमा आइरहेको तीज गीतको तुलनामा फरक प्रस्तुति भएको दावी गर्ने मनमायाले दर्शकको भावना अनुरुप तीजको मौलिकता समेटेर गाएको बताइन् । गीत जस्तै भिडियो पनि आकर्षक बनेको छ । नेत्रप्रसाद अधिकारी ‘भिमसेन’को निर्देशनमा बनेको भिडियोमा शर्मिला श्रेष्ठ, स्मृति चौलागाई, स्नेह चौलागाई, रश्मी चौलागाई, दमयन्ती अर्याल, विष्णु अर्याल, राधिका चौलागाईलगायत हातेमालो समूहका महिलाहरुको अभिनय रहेको छ । शिशिर अर्याल क्रिएटिभ निर्देशक एवं सम्पादक रहेको भिडियोको मुख्य सहायक निर्देशकमा उत्सव पौडेल रहेका छन् भने प्रवेश पोखरेलको छायाङ्कन र वेदनाथ धमलाको व्यवस्थापन रहेको छ ।

प्रकाशित समय १०:५९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु