1100×100 Nabil Advert

क्रिकेट हेर्न जनकपुरका विद्यालय बन्द गरिने

काठमाडौं । नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ । उपमहानगरपालिकाको शिक्षा तथा खेलकूद विकास शाखाले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिईएको छ ।

‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारत सँग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसला बढाउन कुनै पनि कक्षा सञ्चालक नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।’

आज एसिया कपमा भारत–नेपाल बिच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा शुरु हुनेछ ।

प्रकाशित समय १०:३७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु