1100×100 Nabil Advert

म्यानचेस्टरको दोस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई १–० ले पराजित गरेको छ । शनिबार राति भएको खेल आफ्नो पक्षमा पार्दै म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको हो ।

सिटीका लागि जुलियन एल्भारेजले पहिलो हाफमा निर्णायक गोल गरेका थिए भने ब्राइटनले उल्भ्सलाई ४–१ ले हराएको छ । अर्को खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई २–० ले हरायो । नयाँ सिजनमा टोटनहमको यो पहिलो जित हो ।

यस्तै, पहिलो जितका लागि लिभरपुलले बर्नमाउथलाई ३–१ को पुनरागमन गरेको छ भने ब्रेन्टफोर्डले फुलहमलाई ३–० ले पराजित गरेको छ ।

प्रकाशित समय ११:०५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु