1100×100 Nabil Advert

गरिमा विकास बैंकद्वारा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने छ ।

११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय–उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफूलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ । हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैकिङमार्फत् ग्राहक महानुभावहरुलाई अत्याधुनिक र गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित समय १८:५१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु