चलचित्र ‘घर ज्वाईं’ बन्ने, माघ तेश्रो साताबाट रुकुममा सुटिङ हुने
काठमांडौ । जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने भएको छ ।
फिल्मको सुटिङ भने माघबाट गर्नेगरि सबै तयारी पूरा भएको निर्माता जनक घर्ती मगरले जानकारी दिएका हुन् । माघ तेश्रो साताबाट रुकुममा छायाँकन हुने उनले जानकारी दिए ।
निर्माता घर्ती मगरका अनुसार फिल्मलाइ अनिल बुढामगरले निर्देशन गर्नेछन् भने दयाहाङ राई , मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ , शिशिर वाङ्देल, राज थापा काउचा आदि कलाकारको अभिनय रहने छ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने सम्झौता भएको निर्माता घर्ती मगरले जानकारी दिएका छन् ।
पछिल्लो समय नेपाली चलचित्र उधोगमा दर्शकले अत्याधिक रुचाएको दया र मिरुनाको जोडीलाई लिएर फिल्म बनाउन लागिएको हो ।
दयाहाङ राई पछिल्लो समयमा निर्माता निर्देशकहरुको खोजिमा पर्ने सुपरस्टार हुन भने दया र मिरुना अभिनित चलचित्रहरु व्यवसायिक रुपमा सफल हुदै आएका छन ।
प्रकाशित समय २१:१२ बजे




















