बहुमतको सरकारले मात्र केही हुँदैन, जनताको विश्वासले सबैभन्दा अर्थ राख्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमतको सरकारले मात्र केही नहुने बताएका छन् । शनिबार नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको १४ औं महाधिवेशन पश्चातका पहिलो नगर सम्मेलनमा थापाले आम जनताको विश्वासले सबैभन्दा ठूलो अर्थ राख्ने बताए ।
उनले भने ‘पूर्ण बहुमतमको सरकारले पनि केही हुँदैन रहेछ । राजनीतिक दल प्रति नागरिकहरुको विश्वास चाहिने रहेछ । कतिको विश्वास गरेका छन भन्ने कुराले अर्थ राख्ने रहेछ । नेपाली जनताले नै माथि लाने हो भने जनताले नै रोडमा झार्ने हो ।’ महामन्त्री थापाले सेवा गर्ने बेलामा कांग्रेसले टोपी खोल्न नहुने बताए । एक जनाले मात्र गरेर केही नहुने बताउँदै उनले हरेक काम टिममा समय सीमा राखेर गर्नुपर्ने बताए ।
प्रकाशित समय १२:२९ बजे




















