1100×100 Nabil Advert

शुल्क बढाएको तर गुणस्तर घटेको भन्दै थापाथलीका विद्यार्थीहरु उत्रिए आन्दोलनमा

काठमाडौं । स्ववियु थापाथली क्याम्पसले गैरजिम्मेवार सरकार विरुद्ध वृहत् भेला र सान्केतिक प्रदर्शन भन्दै फ्रि स्टुडेण्ड मुभमेन्ट कार्यक्रम गरेको छ । शुक्रबार सरकारविरुद्ध वृहत् भेला र सांकेतिक प्रदर्शन फ्रि स्टुडेण्ड मुभमेन्ट कार्यक्रम गरेको हो । थापाथली क्याम्पसका अध्ययनरत विद्यार्थी ईश्वर प्रसाईंले सरकारले जिम्मेवारी बहन नगरेको कारणले गर्दा पढाईको गुणस्तर घटाईएको र शुल्क बढाइएको आरोप लगाए ।

 

प्रसाईले भने ‘आज सरकारले ध्यान नदिएको कारणले गर्दा हामी सडकमा उत्रन पर्ने अवस्था आएको छ । देश विकासको लागि करोडौं ऋण लिन सक्ने सरकारले देशको प्रविधिक क्याम्पसका १ रुपैयाँ लगानी गर्न हिचकिचाईरहेको छ ।’ विरोध कार्यक्रममा सहभागी विद्यार्थी ज्ञानदेव महतोका अनुसार सरकारले शुल्क बढाएको र त्यो उचित नभएको बताए । महतोले भने ‘सरकारले जुन आई एको फि बढाएको छ । त्यसको विरुद्धमा आन्दोलनमा आएका हौं फि बढाउन खोजिरहेको छ । शैक्षिक गुणस्तर दिन प्रति दिन घट्दै गईरहेको छ । प्राविधिक शिक्षा ल्याब कक्षा कोठा पहिले जसरी चलेको अवस्था छैन । फि बढाउँने तर गुणस्तर घटाउँने यसमा हाम्रो आपत्ति हो ।’

 

प्रदर्शनमा विद्यार्थीहरुले त्रिभूवन विश्वविद्यालय रोज्ने कि त्रिभुवन विमानस्थल, विद्यार्थी पढ्न आउनु पर्ने हो कि आन्दोलन गर्न बरु विदेश जान्छु तर सक्दिन ८ लाखको ऋण लिइ मर्न जस्ता नाराहरु लागाएका थिए । ०००

प्रकाशित समय १५:३६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु