नेपाली हाते कागजको अन्तर्राष्ट्रिय बजारको सम्भावना छ : सचिव मरासिनी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बजारीकरण गर्न सकियो भने नेपाली हाते कागजको अन्तर्राष्ट्रिय बजारको सम्भावना रहेको बताएका छन् । शुक्रबार नेपाली हातेकागजको विशेष मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै सचिव मरासिनीले सरकारको तर्फबाट सरकारको नीतिमा यसलाई सम्भावना भएको उत्पादनको रुपमा पहिचान गरेको जानकारी पनि दिए । उनले सरकारको तर्फबाट एउटा राम्रो भविष्य भएको वस्तुको रुपमा पहिचान गर्नु नै सरकारले यो क्षेत्रलाई प्राथमिकता दिएको पुष्टि हुने बताए ।

उनले भने ‘हातेकागज परम्परागत वस्तु हो । यो एउटा मौलिक र दिगोपन भएको वस्तु पनि हो र यसलाई त्यही अनुरुप बजारीकरण गर्न सकियो भने यसको अन्तरराष्ट्रिय बजारको सम्भावना पनि छ, हामीले यस्तो प्रकारको मौलिक उत्पादनको प्रवद्र्धन गर्नको लागि बजेट पनि छुट्याएका छौ । यसको प्रवद्र्धन बढाउन र स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न कस्तो खालको व्यवस्था गनुपर्छ त्यसबाट छुट्याइएको बजेट पनि खर्च हुन्छ ।’

अहिलेको चुनौती भनेको नै व्यापार घाटा भएको उल्लेख गर्दै सचिव मरासिनीले भने ‘त्यो घटेको विदेशी कच्चा पदार्थमा आधारित वस्तुको निर्यात घट्या हो । स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरु गलैंचा, पस्मिना, चिया हरेकको निर्यात बढेको छ । स्वदेशकै कच्चा पदार्थबाट वस्तु उत्पादन गर्न सकियो भने त्यो दिगो हुन्छ ।’ हातेकागजले नेपाली परम्परा र मौलिकता बोक्नुको साथै साना तथा मझौला उद्योगीहरुले उत्पादन गर्ने विषय भएको चर्चा गर्दै सचिव मरासिनीले योसँग साना उद्योगीहरुको आम्दानी र रोजगारीसँग जोडिएको र यसको प्रवद्र्धन हुनु भनेको आम नेपालीहरुको स्तर र रोजगारी वृद्धि हुनु भएको बताए ।

उनले भने ‘निजी क्षेत्रले पनि यस्तो खालको वस्तुको बजारीकरण गर्नुपर्छ । हामीले बजारीकरण र अनुसन्धनमा खर्च गर्ने हो भने यसको सम्भावना धेरै हुन्छ । यस्तो वस्तुको पहिचान गरेर यसको प्रदर्शन गर्ने व्यवस्था गर्नुपर्छ ।’

प्रकाशित समय १५:२५ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु