1100×100 Nabil Advert

सुन प्रकरणको विषयमा सरकारले केही गर्न सकेन : एमाले सांसद् रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले सुन प्रकरणको विषयमा सरकारले केही गर्न नसकेको टिपपणी गरेका छन् । बुधबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकपछि सांसद् पन्तले सरकारले काम नगरेको तर कुरा भने ठूलो गर्ने गरेको आरोप लगाए ।

उनले भने ‘ भरियालाई दोषी देखाएर हुँदैन् त्यो सुन ल्याउने मुख्य मान्छे को हो त्यसको जगसम्म पुग्नु पर्छ । सुन प्रक्रियाको विषयमा जो–जो सामेल छ त्यसलाई कारवाही हुनुपर्छ । त्यसैको बारेमा जोडदार आवाज उठाउछौं । काम चाँही नगर्ने, को हो त्यो मुख्य मान्छे भनेर सरकारले पत्ता लगाउन सकेको छैन् । खाली मन्त्रीहरु चाही ठूलो–ठूलो कुरा गर्दै हिड्ने । त्यसो हुनु भएन । दोषी पत्ता लाग्नु प र्‍यो । सुन प्रकरणको जग सम्म पुगेर त्यसको प्रमुख व्यक्तिलाई कानूनको दायरामा ल्याउनु पर्ने सांसद पन्तको भनाइ छ ।

प्रकाशित समय १५:३४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु