1100×100 Nabil Advert

अर्थमन्त्रीद्वारा बजेट कार्यान्वयनबारे सचिवहरुसँग छलफल

काठमाडौं । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको विषयमा सरोकारवालासँग छलफल गरेको छ ।अर्थमन्त्री प्रकाश शरण महतले बुधबार आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यन्वयनका सम्बन्धमा मुख्य सचिवलगायत विभिन्न मन्त्रालय सचिव तथा अन्य सरोकारवालासँग छलफल गरेका हुन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा बजेट कार्यान्वयमा सरकारी कर्मचारीको भूमिकाबारे छलफल भएको हो । छलफलमा सहभागिहरुले बजेटको उपलब्धिपूर्ण कार्यान्वयनका लागि आवश्यक रणनीति र सरकारी तयारीबारे सुझाव प्रस्तुत गरेका थिए ।

प्रकाशित समय १५:२९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु