नेपाली शान्ति सैनिकको संख्या १० हजार पुर्याउने रक्षामन्त्रीको प्रतिवद्धता

काठमाडौं । रक्षामन्त्री पूर्णबहादूर खड्काले शान्ति सेनामा नेपाली सेनाको संख्या १० हजार पुर्याउने तयारी भइरहेको बताएका छन् । सोमवार बजेटबारे मन्त्रालयगत रुपमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले सेनाको उपल्लो दर्जालाई समेत समेट्ने गरि शान्ति सेनामा नेपाली सेनाको संख्यालाई ६ हजारबाट बढाएर १० हजार पुर्याईने जानकारी दिए ।
उनले भने, ‘अहिले हामी ६ हजारको हाराहारीको संख्यामा नेपाली सेनालाई शान्ति सेनामा खटाएका छौं । संयुक्त राष्ट्र संघको आह्वानमा १० हजारको संख्यामा सेना पुर्याउन सक्ने तयारीमा छौं ।’ त्यस्तै उनले संयुक्त राष्ट्रसंघको आग्रहमा २ हजारको संख्यामा शान्ति सेना तयारी अवस्थामा राखेको र त्यसमा सेनाको उपल्लो दर्जालाई समेत समेटेने गरि कार्य गरिरहेको बताए । ‘रक्षा र परराष्ट्र मन्त्रालयले कुटनीतिक माध्यमबाट नेपाली सेनाको उपल्लो दर्जामा नेतृत्वको पहुँच पुर्याउने गरी संयुक्त राष्ट्र संघको सम्बन्धित संस्था र सम्बन्धित पदाधिकारीसँग सेनाबारे पहल जारी राखेका छौं ।’
प्रकाशित समय १४:२३ बजे