V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

प्राइम बैंक र फोनपेको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न प्राइम कमर्सियल बैंक लिमिटेड र फोनपेको संयुक्त सहकार्यमा जिरी नगरपालिकामा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरिएको थियो । सुरक्षित एवं सहज तरिकाबाट रकमान्तर गर्न, डिजिटल ठगी हुनबाट बच्न एवं अन्य सुरक्षाको उपायहरु अबलम्बन गर्ने जस्ता विभिन्न पक्षहरुलाई समेट्दै जिरीमा विद्यार्थी, शिक्षक तथा जिरी नगरपालिकाका कर्मचारी र सर्वसाधारणलाई साक्षरता कार्यक्रमको आयोजना गरिएको थियो ।

प्राइम कमर्सियल बैंक लिमिटेड र फोनपेको संयुक्त आयोजना र सहकार्यमा सञ्चालित उक्त विद्युतीय वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेलबाट भएको र उक्त कार्यक्रममा उपप्रमुख श्रीमती कृष्णमाया बुढाथोकी, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल राष्ट्र बैंकका निर्देशक श्री कृष्णराम धँुजु, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ, प्रहरी निरीक्षक विष्णु बहादुर वस्नेत, तारा दल गण प्रमुख शेरबहादुर वस्नेत, बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठ, सहायक महाप्रबन्धक सुरेश मान सिंह, फोनपे चिफ विजनेस अफिसर सुमित दास तथा बिजनेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठको सहभागिता रहेको थियो ।

प्राइम कमर्सियल बैंकको मोबाइल बैंकिङ्ग एपमा भएको क्युआर पेमेन्ट, फोनपे डाइरेक्ट जस्ता सुविधाहरुको प्रयोग गरेर रकम स्थानान्तरण तथा विभिन्न सेवा तथा वस्तु प्रदायकहरुमा भुक्तानी गर्न सकिने कुरा बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठले उक्त कार्यक्रममा बताउनुभयो । त्यस्तै विद्युतीय वित्तीय कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंक कारोबार मार्फत् तुरुन्तै रकम पठाउन सकिने कुरा फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले उक्त कार्यक्रममा बताउनु भयो ।

विभिन्न क्षेत्र एवं समुदायका व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानिय एवं क्षेत्रीयस्तरमा उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विद्युतीय कारोवारबाट हुने फाइदा र हुनसक्ने अपराध र रोकथामका तरिकाहरुको विषयमा पनि अन्तरक्रिया एवं समाजमा घटेका घटनाहरुमा समेत छलफल गरिएको थियो । उक्त कार्यक्रममा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय र विभिन्न मठ मन्दिरहरुमा पनि क्यूआर कोड वितरण गरिएको थियो ।

प्रकाशित समय १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010