V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने योजना परेन : तोषिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने योजना अहिलेको सरकारको निति कार्यक्रममा नपारेको बताएकी छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले अर्थतन्त्र खस्किएको अवस्थामा भवन निर्माणतिर हैन जनशक्ति निर्माणतर्फ ध्यान दिनुपर्ने बताएकी छन् ।

‘मन्त्रालयसँग मुस्किलले १२ सय देखि १४ सय मात्र डाक्टरहरु हुनुहुन्छ । सरकारी स्वास्थ्य संस्थाहरु १० हजारभन्दा माथि छ, तर १२ सयमात्र डाक्टरहरु छन् । तर पनि दरबन्दी बढाउने योजना अहिलेको सरकारको निति कार्यक्रममा पनि परेन । यो बजेट विनियोजन भएर आएको कार्यक्रममा पनि परेन । हामीले हरेक आधारभूत पालिकामा एउटा आधारभूत अस्पताल बनाउँछौं । ५, १०, १५ विधेयक गरेर अस्पताल बनाउँछौं भनेपछि त्यो अस्पताल चलाउने चाहीं कसले ? अस्पताल चलाउने जनशक्ति नै निमार्ण गर्दैनौं भने अस्पताल नबनाउ ? बनिसकेका अस्पताल, स्वास्थ्य चौकीहरु, आधारभूत स्वास्थ्य केन्द्रहरु छन् । त्यसमा जनशक्ति थपौं । यसपल्ट अर्थतन्त्र खस्किएको अवस्थामा हामीले भवन निर्माणतिर हैन जनशक्ति निर्माण र जनशक्तिलाई हामीले देशभित्रै कसरी अटाएर राख्न सक्छौं भएको तिर चाहीं हाम्रो फोकस हुनुपर्छ ।’

उनले हामीले हरेक आधारभूत पालिकामा ५, १०, १५ विधेयक गरेर एउटा आधारभूत अस्पताल बनाउँछौं तर त्यो अस्पताल चलाउने चाहीं कसले ? अस्पताल चलाउने जनशक्ति नै निर्माण गर्दैनौं भने अस्पताल नबनाउन आग्रह समेत गरिन् । अहिले दक्षिण एसियामा सबैभन्दा धेरै आत्महत्या हुने देशमा नेपाल पहिलो नम्बरमा रहेको भन्दै यसलाई विशेष प्राथमिकता दिएर छुट्टै शीर्षकका साथ अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

 

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010