V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

फ्रि भिसा फ्रि टिकट कार्यान्वयन भएको छैन : पूर्वमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीमा जान चाहानेका लागि व्यवस्था गरिएका व्यवस्थाहरु नै कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन् । बुधवार बसेको उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले फ्रि भिस्सा फ्रि टिकटको कुरा साँचै लागू गर्न किन सकिएको छैन भन्नेबारे गम्भीर छलफल आवश्यक भएको बताए ।

‘उजुरी आएपछि सम्बन्धित उजुरीकर्तालाई बोलाएर उहाँकै मुखबाट हामीले सुन्न पायौं भने के रहेछ समस्या भन्ने थाहा हुन्छ । जस्तै फ्रि भिस्सा फ्रि टिकटको कुरा साँचै लागू गर्न किन सकिएको छैन ? भन्ने कुरा व्यवसायीले भन्नु पर्यो नी । यसलाई लागू गराउँन किन सकिएको छैन भन्ने कुरा श्रम मन्त्रि र श्रम सचिवले आएर भन्नु पर्यो अनि मात्र हामीलाई बल्ल थाहा हुन्छ ।’

 

प्रकाशित समय १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010