1100×100 Nabil Advert

बजेट निर्माण गर्दा त्रुटि देखियो : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले छलफल नगरी बजेट निर्माण हुदाँ धेरै त्रुटि देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा अन्र्तगतको पूर्वाधार विकास समितिको बैठकमा उनले भने, ‘बजेट बनाउँनु भन्दा अगाडी नै छलफल भएको भए आज बजेटमा जुन त्रुटी देखीएको छ, त्यो देखिने थिएन् ।’ उनले सबै जिल्लामा समानरुपले बजेट नआएको भन्दै असन्तुष्टि पोखे ।

 

बजेट बारे सम्बन्धित मन्त्रालयले अध्ययन गरेर निर्देशन दिन सम्बन्धित मन्त्रालय चुकेको उनको भनाई छ । ‘जनताले बजेटमाथि विभिन्न प्रतिक्रिया दिईसके, तर हामी समिति भएर पनि दिन सकेको छैनौं । कसरी विभेद भईरहेको छ ,के–के त्रुटि छ भनेर । सबै जिल्लामा समान बजेट छैन् । त्यो हामीले अध्ययन गरेर सम्बन्धित मन्त्रालयले निर्देशन दिनुपथ्र्यो । त्यो कुरामा हामी पछाडी परीसकेका छौं ।’ उनले भने, ‘चारैतिर बजेटको कार्यक्रममाथि सुधारका कार्यक्रम र प्रतिक्रिया राखेर बैठक बसौं ।’

 

प्रकाशित समय १४:१२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु