V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

शरणार्थी प्रकरणमा निष्पक्ष छानविन र अनुसन्धान भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरिरहेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले प्रहरीले यस प्रकरणमा निष्पक्ष छानविन र अनुसन्धान गरीरहेको भन्दै निर्दोस आतंकित हुन नपर्ने बताए ।

 

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले स्वतन्त्र र निष्पक्ष छानविन र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । तर अहिले कोही निर्दोस डराउँनु पर्दैन जो दोषी छन्, अपराधकर्ताहरुलाई अब सरकारले छोड्दैन भन्ने परेको छ भने ठिक हो । तर निर्दोस कोहि आतङकीत हुनुपर्दैन ।’ उनले सरकारको भ्रष्टाचारविरुद्धको अभियानले अरु भ्रष्टाचारमा संलग्न रहेकाहरु पनि म पनि पर्ने होकि भनेर डराउन थालेको दाबी गरे । सरकार लोकतन्त्रको पक्षमा दृढ रहेको उनको भनाई छ ।

प्रकाशित समय १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010