पत्रकारका समस्या समाधानका गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकारका समस्या समाधान गर्न ध्यानाकर्ष गराएको छ । प्रधानमन्त्री प्रचण्डलाई प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटासहितको पदाधिकारी टोलीले १४ बूँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
सरकारले लिएका जनपक्षीय निर्णय र कदमप्रति एक्यवद्वता सहित, प्रेस स्वतन्त्रता, न्यूनतम पारिश्रमिक वृद्धि, पत्रकारका समस्या, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रियालगायतका विषय ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्र बुझ्नै प्रधानमन्त्री प्रचण्डले प्रेस सेन्टर नेपाल महत्वपूर्ण मोर्चा भएको भन्दै सरकारलाई बुझाएको ध्यानाकर्षणपत्र अध्ययन गरेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । उनले अहिलेसम्म प्रेस सेन्टरले राम्रो काम गर्दै आएको भन्दै आगामी दिनमा अझ प्रभावकारीरुपमा काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
प्रकाशित समय १४:२८ बजे