V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

छात्रावृति नदिने ३४२ विद्यालयको सूची सार्वजनिक, अटेर गरे कानून बमोजिम हदैसम्मको कारबाही गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति दिन अटेर गर्ने महानगरभित्रका विद्यालयहरूको सूची सार्वजनिक गरेको छ । महानगरले मंगलवार छात्रावृति दिन अटेर गर्ने तीन सय ४२ निजी विद्यालयको नामावली सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई नियम अनुसार उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्ति विवरणको विवरण पठाउन महानगरपालिकाले विद्यालयहरुलाई गत १९ जेठमै निर्देशन दिएको थियो । यसका लागि महानगरपालिकाले सूचना नै सार्वजनिक गरेको थियो ।

 

सूचनाअनुसार विद्यालयले गत जेठ १५ भित्रै छात्रवृत्ति वितरणको विवरण महानगरपालिकामा पेश गर्नु पर्ने थियो । तर, तीन सय ४२ विद्यालयले निर्देशन कार्यान्वयन नगरेको महानगरपालिकाको भनाई छ । उनीहरुलाई अबको छ दिनभित्र विवरण पेश गर्न महानगरपालिकाले पुनः निर्देशन दिएको छ । मंगलवार प्रकाशित सुची यही प्रयोजनका लागि हो ।

निर्देशन अनुसार अटेर गर्ने विद्यालयले छात्रावृति वितरणको विवरण आगमी २८ जेठभित्र अनिवार्य रुपमा महानगरपालिकामा पेश गर्नु पर्नेछ । विवरण पेश नगर्ने विद्यालयलाई महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गरिने महानगरपालिकाले जानकारी दिएको छ ।

 

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010