टोखा नगरपालिकामा जनताको आवश्यकता र चाहनालाई ध्यानमा राखेर काम गर्छौं : नगरप्रमुख

काठमाडौं । काठमाडौं टोखा नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको एक वर्ष पुरा भएको छ । नगर प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा मुरारी तामाङ निर्वाचित भएर आएको एक वर्ष पूरा भएको छ । नगर प्रमुखमा अधिकारीको दोस्रो कार्यकाल हो । पहिलो कार्यकालको कामकै कारण उनलाई जनताले दोस्रो कार्यकालको लागि पुनः निर्वाचित गराए । नेकपा एमालेबाट निर्वाचित अधिकारी पहिलो कार्यकालमा बाँकी रहेका नगरका काम गर्ने उर्जा र अनुभवका साथ लागेका छन् ।
उपप्रमुखमा निर्वाचित मुरारी तामाङको पहिलो कार्यकाल हो । खेलकुद पृष्ठभुमि भएका तामाङ समाजसेवा र खेलकुद मार्फत् जनताको सेवामा सक्रिय थिए । नेपाली कांग्रेसबाट निर्वाचित तामाङ सबैका मनमा बस्न सफल व्यक्ति हुन । त्यहि कारण उनले अत्याधिक मतका साथ विजयी भए । नगरको विकास र समृद्धिको लागि काम गर्ने नयाँ जोश, विकासको स्पष्ट खाका र उर्जाले भरिपूर्ण भावना छ ।
टोखा नगरपालिकामा नगर प्रमुख र उपप्रमुख नगरको विकासमा एक जुट भएर लागेका छन् । दुवै जनामा नगरको विकास नै प्रमुख लक्ष्य भएको कारण दुवै फरक पार्टीको भए पनि मिलेर नगरका जनताको काममा केन्द्रीत रहेका छन् । जनताका सरोकारका विषयमा दुवै गम्भिर रहेको पाइन्छ । नगरपालिकाको भौतिक पुर्वाधारमा पनि धेरै काम भएको पाइन्छ । नगर भित्रका अधिकांश सडक कालोपत्रे र ढलान भएका छन् । त्यसैगरी नगरको गौरव योजना मध्येको एक टोखा नगरपालिका वडा नं. ८ र ११ जोड्ने बानियाँटार विष्णुमति खोलामा पुल निर्माण भइरहेको छ ।
अन्य गौरवका योजनाहरु निर्माणकै क्रममा रहेको नगर प्रमुख अधिकारीले जानकारी दिए । एक वडा एक पार्क नीति अन्तर्गत अहिले केहि वडामा पार्क निर्माण भइसकेका छन् भने अन्यमा बन्ने प्रक्रियामा रहेको प्रमुख अधिकारीले बताए । उनका अनुसार अहिले नगरभित्र रहेका मन्दिरको जिणोद्धार भएका छन् भने केही नयाँ मन्दिर पनि बनेका छन् । त्यसैगरी टोखा चण्डेश्वरी देखी महांकाल हुँदै बौडेश्वर जाने पदर्मागको निर्माण भएको उनले जानकारी दिए ।
नगरपालिकाको प्रशासनिक भवन निर्माणको अन्तिम चरणमा रहेको छ भने नगर भित्रका वडाहरुको आफ्नै भवन निर्माण भएका छन् भने केहि निर्माणको अन्तिम अवस्थामा रहेका छन् । अबको केहि समय पश्चात नगरपालिकाका प्रशासनिक कामहरु आफ्नै भवनबाट सेवा प्रवाह हुने नगर प्रमुख अधिकारीले जानकारी दिए । टोखा नगरपालिकामा मेयर उज्यालो कार्यक्रम पनि एक महत्वपूर्ण कार्यक्रम हो । यस अन्तर्गत सबै वडामा सडक बत्ति जडान गरिएको छ । त्यसको मर्मतका लागि प्राविधिक टोली समेत खटाएको नगर प्रमुख अधिकारीले जानकारी दिए ।
सांस्कृतिक नगरको रुपमा रहेको टोखा नगरपालिकामा भौतिक विकाससँगै स्वास्थ्य क्षेत्रमा धेरै काम भएका छन् । टोखा नगरपालिकाको मेयर दिर्घायू कार्यक्रम सबैभन्दा प्रभावकारी रहेको देखिन्छ । ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षणदेखी औषधि उपलब्ध गराउने यो कार्यक्रमले नगर भित्रका आर्थिकरुपमा विपन्न रहेका ज्येष्ठ नागरिकलाई बरदान सावित भएको नगरबासी बताउँछन् । ११ वटै वडामा स्वास्थ्य चौकी मार्फत् पनि अन्य नगरबासीलाई सरल, सहज तथा गुणस्तरिय स्वास्थ्य सेवा दिइदै आएको नगर प्रमुख अधिकारी बताउँछन् । त्यसका साथै सबै वडामा नियमित कोभिड बुस्टर मात्राको खोप अभियान जारी रहेको छ । त्यसैगरी वडा नं. २ मा नयाँ आधारभुत स्वास्थ्य संस्थाको स्थापना भएको छ भने वडा नं. ११ मा ल्याब सेवाको स्तरोन्तति हुन लागेको प्रमुख अधिकारीले जानकारी दिए । जनतालाई निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम गर्ने अधिकारीले स्पष्ट पारे ।
शिक्षा क्षेत्रको विकासको लागि पनि नगरपालिकाले धेरै काम गरेको पाइन्छ । सामुदायिक विद्यालयहरुमा मेयर दिवा खाजा कार्यक्रम, सेनिटरी प्याड वितरण, एसईई तथा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई सम्मान गर्ने गरेको छ । जसको कारण सबैलाई उत्कृष्ट बन्न प्रेरित गर्ने नगर प्रमुख अधिकारीको भनाई छ ।
टोखा नगरपालिकाले खेलकुदलाई पनि विशेष प्राथामिकतामा राखेको पाइन्छ । राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपहरु भएका छन् । विभिन्न क्लवको संयोजकत्वमा विभिन्न खेलकूदका गतिबिधिहरु नगर भित्र हुने गरेको छ । युवाहरुलाई लागू पदार्थ दुव्र्यसनबाट जोगाउन पनि नगरपालिकाले ठुलो काम गरि रहेको छ । त्यसका साथै अध्ययन गर्ने बानी विकासका लागि तिन स्थानमा पुस्तकालय पनि सञ्चालनमा रहेको छ ।
कृषि तथा पशु प्रर्वद्धन अन्तर्गत टोखा नगरपालिकाले कौशी खेतीलाई जोड दिंदै आएको नगर प्रमुख अधिकारी बताउँछन् । यसबाट घरबाट निस्केको कुहिने फोहोरको व्यवस्थापन हुनुका साथै अर्गानिक तरकारी प्राप्त हुने भएको कारण नगरबासीले यसको फाइदा लिएको अधिकारीले जानकारी दिए । नगर भित्रका किसानलाई हिउँदे तरकारीको विऊ, इएम मल, गहुँको विऊ, धानको विऊ, टनेल प्लास्टिक वितरण, ५० प्रतिशत अनुदानमा डिजेल मिनि टिलर वितरण, प्रांगारिक तथा व्यवसायीक खेती तालिम, स्थलगत घुम्ति तालिम, कृषि चुन तालिम, कम्पोष्ट मल, स्प्रे वितरणलगायतका काम भएको अधिकारीले बताए । पशु कार्यक्रम अन्तर्गत नगरपालिका किसानहरुले पालेको पशुहरुको निशुल्क उपचार, गाईभैसीलाई विभिन्न रोग विरुद्धको खोपका साथै गाईभैसीको कृतिम गर्भधारणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कुकुरलाई रेविज विरुद्धका साथै कुकुरको बन्ध्याकरण पनि नगरपालिकाले गरेको छ ।
टोखा नगरपालिकाले अहिले सुचनाप्रविधिलाई विशेष जोड दिएको पाइन्छ । नगरबाट प्रदान हुने सेवाहरुलाई प्रविधिको माध्यमबाट सहज बनाउँदै लगेको छ । हाल अनलाईन भुक्तानी भइरहेको छ भने एकिकृत स्वःचालित प्रणाली पनि लागू गर्ने तयारीमा नगरपालिका रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट नगर भित्रका ५० जनालाई ८० दिन रोजगारी दिइएको छ । यस कार्यक्रम अन्तर्गत पहिरो पन्छाउने, नालि सफा गर्ने, बाटो साइड ड्रेन, कुलो सरसफाई, मन्दिर आदि ममर्त सम्भार काम भएका छन् ।
नगरको मुख्य समस्याको रुपमा रहेको खानेपानी समस्याका लागि पनि सम्बन्धीत निकायसँग सहकार्यमा समाधान गर्नमा नगर केन्द्रीत रहेको बताउँछन् । फोहोर–मैला व्यवस्थापनका लागि पनि नगरले विभिन्न विकल्पमा काम गरिरहेको अधिकारी बताउँछन् । दिघो समाधानको प्रयास भइरहेको उनको दावी छ । टोखा नगरपालिकाले विभिन्न विपद्मा परेकाहरुलाई राहत तथा पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्दै आएको छ । अग्नी नियन्त्रण तथा नेपाली सेनासँगको सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी पनि तालिम नगरपालिकाले सञ्चालन गरेको थियो ।
टोखाको संस्कृति संरक्षणदेखी यहाँको चाकुको उत्पादनलाई अन्तराष्ट्रिय ब्राण्ड बनाउन पनि नगरले महत्वपूर्ण भुमिका खेलेको नगर प्रमुख अधिकारी बताउँछन् । स्थानिय उत्पादनलाई बजार प्रर्वद्धन गर्न सधै नगरपािलकाले साथ र सहयोग गर्ने प्रतिबद्धता अधिकारीको छ । सम्वृद्ध टोखा नगरपालिका बनाउन लागि रहेको र वाँकी कार्यकालमा सम्पूर्ण काम सम्पन्न गर्ने उनले स्पष्ट पारे । आफ्नो कार्यकाल पछि आउने जनप्रतिनिधिलाई कुनै काम गर्न नपर्ने गरी काम गरिरहेको नगर प्रमुख अधिकारी बताउँछन् ।
न्यायिक कार्य सम्पादनदेखी विकास निर्माणलाई गुणस्तरिय बनाउन दृढ रहेको उपप्रमुख तामाङ बताउँछन् । अहिले न्याय समिति सफ्टवेयर मार्फत् काम हुन थालेको छ । टोखा नगरपालिका भित्र भएका कामको गुणस्तर बनाउन नियमित अनुगमन गर्दै आएको र गुणस्तरमा कुनै सम्झौता नगर्ने तामाङले स्पष्ट पारे । जनतालाई दिएको बाँचाअनुसार काम गर्ने स्पष्ट पारे । जनताको काम गर्न आएको हुँदा अन्य कुरामा ध्यान नदिने उपप्रमुख तामाङ बताउँछन् ।
लघु उद्यम कार्यक्रमबाट नगरका महिला, वेरोजगार युवालाई सिप मूलक तालिमबाट सक्षम बनाउँदै स्वरोजगार बनाउन नगर लागेको उपप्रमुख तामाङ बताउँछन् । प्रत्येक वडामा ब्युटिसियन, सिलाई बुनाई, अचार बनाउने, स्यानिटरी प्यान निर्माण तालिम, झोल तथा डल्ले साबुन बनाउने, कफि वारिशठा तालिम, झोला बनाउने, माला बनाउँने, मन्टिेश्वरी तालिम, नेतृत्व विकास तालिम जस्ता तालिमहरु सञ्चालन भएका छन् । विल्डीङ इलेक्टीसियन, प्लम्बर, वाइल्डिङ, मोवाइल फोन रिपेरिङ टेक्निसियन, अटो मेकानिक, टायल मार्वल फिक्स जस्ता बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसँगको सहकार्यमा दिइएको उपप्रमुख मुरारी तामाङले जानकारी दिए । यसले बेरोजगार तथा सिप नभएका युवालाई प्रभावकारी हुने विश्वास तामाङले लिएका छन् ।
उपमेयरसँग बालबालिका कार्यक्रमले बालबालिकाहरुको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलकोको छ । नगरभित्र गठन भएका महिला तथा बालबालिका सम्बन्धी विभिन्न समितिहरु प्नि सक्रिय रहेको पाइन्छ । नगरभित्र सञ्चालित बालगृहको अनुगमन तथा सहयोग नगरपालिकाले गर्दै आएको उपप्रमुख मुरारी तामाङले जानकारी दिनुभयो । जनताको काम गर्न जनताले पठाएको हुँदा सुशासनका साथ काम गर्न प्रतिबद्ध रहेको बताए । जनताले अनुभुति हुने गरी काम गरेको बताउँछन् । अब बजार अनुगमनलाई पनि तिब्र बनाउने उपप्रमुख मुरारी तामाङ बताउँछन् । नगर क्षेत्रको विकास र सम्बृद्धिको लागि योजनाबद्ध ढंगबाट टोखा नगरपालिकाका जनप्रतिनिधिहरु सक्रिय भएर लागेका छन् । एक वर्षमा नगरको भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक, खेलकुद र धार्मिक सांस्कृतिक क्षेत्रमा धेरै काम भएका छन् । जनताको आवश्यकता र चाहनालाई ध्यानमा राखेर नगरको योजना कार्यान्वयन आएका छन् ।
जनतालाई कसरी सेवा सुविधा दिन सकिन्छ भनेर नगर प्रमख र उपप्रमुखलगायत सबै जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारी सक्रिय छन् । जनताको गुनासो सम्बोधन गर्न सधै तत्पर रहेको पाइन्छ । नगरबाट हुने सेवा प्रवाहलाई छिटो–छरितो र प्रभावकारी भएको पाइन्छ । कतिपय अवस्थामा जनताबाट आउने गुनासोलाई छिटो सम्बोधन गर्न अभिभावकिय भुमिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतलगायत शाखा प्रमुखहरुले निभाएको पाइन्छ । नगरपालिकाको प्रशासनिक सुधारका धेरै काम भएको अधिकारी बताउँछन् । वडा अध्यक्ष पनि केहि अनुहार नयाँ भएका कारण पनि नयाँ उर्जा र जोशका साथ नगरको विकासमा केन्द्रीत रहेका छन् । नगरपालिका सबै वडाहरुबाट जनताको आवश्यकता र चाहनालाई ध्यानमा राखेर विभिन्न कार्यक्रमहरु पनि सञ्चालनमा रहेका छन् ।
प्रकाशित समय १३:०६ बजे