V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

माओवादी केन्द्रले समर्थन फिर्ता लिए लगतै कोशी प्रदेश सरकार संकटमा

काठमाडौं । माओवादी केन्द्रले समर्थन फिर्ता लिए लगतै कोशी प्रदेश सरकार संकटमा पर्ने भएको छ । कोशीमा एमाले नेतृत्वको सरकार छ । माओवादी प्रदेश सरकारबाट बाहिरि सकेको छ । सँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ । सोही बिषय टुंगो लगाउन केन्द्र्रको प्रदेशस्थित संसदीय दलको बैठक मंगलबार डाकेको हो । बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता हुनेछ । त्यस लगतै एमाले नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

कोशीमा अहिले एमाले नेता हिक्मत बहादुर कार्की मुख्यमन्त्री छन् । माओवादीले समर्थन फिर्ता लिएपछि उनको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्रै सहभागि हुनेछ । जुन बहुमतका लागि पर्याप्त छैन । ९३ सदस्यीय प्रदेश सभामा एमालेको ४० सिट छ भने, राप्रपाको छ सिट मात्रै छ । बहुमतका लागि कम्तिमा ४७ सिट आवश्यक पर्छ । तर, कोशी प्रदेश सरकारको पक्षमा अहिले ४६ सिट मात्रै देखिन्छ । त्यसो हुँदा प्रदेश सरकार संकटमा पर्ने देखिन्छ ।

केन्द्रकै निर्देशन अनुसार कार्की नेतृत्वको सरकारबाट माओवादी बाहिरिएको हो । केन्द्र सरकारकै गठबन्धन अनुसार सरकार गठन गर्न माओवादीलाई कांग्रेस, नेकपा एस र जसपाले दवाव दिंदै आएको थियो । यसका लागि उनीहरुले गत ५ जेठमै पत्र पठाएका थिए । सोही अनुसार माओवादी कार्की नेतृत्वको सरकारबाट बाहिरिएको हो ।

स्रोतका अनुसार माओवादी अब आफ्नै नेतृत्वमा प्रदेश सरकार गठन गर्न लाग्नेछ । प्रदेश सभामा माओवादीको १३ सिट छ । त्यस्तै, प्रदेश सभामा कांग्रेसको २९, नेकपा एसको चार र जसपाको एक सिट छ । केन्द्रीय गठबन्धन अनुसार नै अघि बढे माओवादीको पक्षमा ४७ सिट पुग्नेछ । र, उसैको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ ।

 

प्रकाशित समय ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010