1100×100 Nabil Advert

सामाजिक सञ्जालमार्फत् नेपाल टेलिकमका नाममा ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं । ठगीका अनेक धन्दाहरु चलिरहेका बेला नेपाल टेलिकमको नाम लिएर पनि ठगी धन्दा मौलाउन थालेको पाइएको छ । ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भन्दै फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमार्फत् गलत सूचना प्रवाह भइरहेको छ ।

तर नेपाल टेलिकमले यस्ता गलत सूचनामा भ्रम नपर्ने सबैमा सचेत गराएको छ । नेपाल टेलिकमले भनेको छ- ‘केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ । कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिकरुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।’

हिजोआज प्रविधिको दुरुपयोग गर्दैै ठग्ने गिरोहहरु जताततै भएकाले सचेत हुनु आवश्यक छ । यसरी नेपाल टेलिकममात्र होइन, ह्वाट्सएप, इमो, फेसबुकलगायतका माध्यमबाट हुने ठगीबाट बच्न सबै चनासोसमेत हुनुपर्ने भएको छ ।

प्रकाशित समय १७:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु