1100×100 Nabil Advert

आइएमई पे मार्फत एयरलाइन्स टिकट काट्दा क्यासब्याक पाइने

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५ भन्दा बढी क्यासब्याक पाउने भएका छन् ।

आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकहरुले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘बोनस’ नामक प्रोमोकोड प्रयोगमा थप रु ५० गरी कम्तिमा रु १२५ वा सो भन्दा बढी क्यासब्याक पाउन सक्ने छन् । उक्त प्रोमोकोड जेठ ०७ देखि असार ०६, २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।

प्रकाशित समय २०:३२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु