1100×100 Nabil Advert

डिजी पेद्वारा विभिन्न फ्रान्चाइजी व्यवसायीहरु तथा संस्थाहरुसँग सहकार्यको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागि अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रालिद्वारा प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको छ । डिजी पेले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुुवैमा कारोबार गर्न मिल्ने सुुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्धनका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको छ । डिजी पे मा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आबद्ध हुुनसक्ने छन् । भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ ।

 

डिजी पे, स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरू सँग फ्रान्चाइजीको सहकार्य गरेको छ र थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको जानकारी गराएको छ । फ्रान्चाइजीहरूको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पे मा निःशुुल्क आबद्ध गराउनु हो । यसका लागी डिजी पे ले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुुविधा ल्याएको छ । यस योजना अन्तर्गत फ्रान्चाइजीहरूले डिजी पे सँगको सहकार्यबाट कम्पनिले प्रदान गरेको त्बचनभत पुुरा भएको अबस्थामा प्रति महिना रु.४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनिका अध्यक्ष दिवाकर बहादुुर पाण्डेले बताए ।

 

डिजी पेमा व्यवसायीहरूले निःशुुल्क आबद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचारप्रसार बाट उच्च मुुनाफा आर्जन गर्न सक्नेछन् । आबद्ध हुँदा ५ सय रुपैयाँ टपअप र सेवा शुल्कमा छुट, नेपालकै नं एक न्युज टेलिभिजन च्यानल ए.बि.सि न्युुज मार्फत विशेष सहुुलियतमा विज्ञापन प्रशारण, राष्ट्रिय दैनिक पत्रिका द नेपालटप मार्फत विज्ञापन,स्टार हस्पिटलको ८२५ रुपैयाँको दुई वटा ओपीडी टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा बिभिन्न छुट लगायत अन्य सेवाहरु प्राप्त गर्न सक्ने जनाइएको छ ।

प्रकाशित समय १४:४६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु