V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

गैरकानूनी काम गर्नेलाई सिविफिनले नछाड्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले गैरकानूनी काम गर्नेलाई कुनै पनि हालतमा नछाड्ने बताएको छ । बैंक तथा वित्तीय संस्था, सोेको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समूहहरुबाट विगत केही समयदेखि निरन्तररुपमा भइरहेको गैरकानूनी गतिविधिहरुको सम्बन्धमा बैठकबाटै विभिन्न निर्णय गरिएको सिविफिनले जनाएको छ ।

 

सिविफिनले भनेको छ- ‘अब उप्रान्त कुनै पनि व्यक्ति, समूह वा संघ–संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरु गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्धा चलाउने तथा प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने लगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरु पूर्ण रुपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाहरुको जानकारीको लागि सादर निवेदन गर्दछौं ।’

 

विभिन्न व्यक्ति तथा संघ-संस्थाले लघुवित्त, बैंक तथा वित्तीय संस्थालगायतले चर्को व्याज असुल गरे भनेर त्यसका विरुद्धमा देशका विभिन्न ठाउँमा प्रतिवाद गर्ने, कालोमोसो दल्ने, बैंक तथा वित्तीय संस्थाहरुका शाखामा तालाबन्दी गर्ने, कर्मचारीलाई धम्क्याउनेलगायतका काम बढ्न थालेपछि सिविफिनले त्यस्ता गैरकानूनी कामका विरुद्धमा आफ्नो कदम अगाडि बढाएको हो ।

 

प्रकाशित समय २१:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010