V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

हिमालयन बैंकलाई राष्ट्र बैंकको सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेकोे एक समारोहका बीच वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित गरेको छ । सो समारोहमा सम्मान स्वरुप नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन् । हिमालयन बैंकले आ.व. २०७८/७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो ।

 

करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा ‘हिमालरेमिट’मार्फत् ग्राहकहरुलाई समयानुकूल सेवा–सुविधा प्रदान गरी अग्रस्थानमा रहँदै आएको छ । बैंकले संसारभरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत् प्रिमियम अनलाइन ग्राहक केन्द्रित प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ ।

 

हाल बैंकले देशभरि फैलिएका हिमालरेमिटका १८ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ भने बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएमहरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा पनि प्रदान गर्दै आएकोे छ ।

प्रकाशित समय १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010