V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

लक्ष्मी कमर्शियल भेहिकल्समा एभरेष्ट बैंकले सत्तरी प्रतिशतसम्म ऋण लगानी गर्ने

काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमार तथा लक्ष्मी कमर्शियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गर्नु भएको छ । सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरुले ऋण सुविधा लिन सक्ने जनाइएको छ । लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एकमात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरक भै कार्य गरिआएको छ ।

 

एभरेष्ट बैंकसँग भएको सम्झौताअनुसार लक्ष्मी कमर्शियल भेहिकल्सले नेपालमा आयात गरेर बिक्री बितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालयमार्फत गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । साथै, यस्तो कर्जा बढीमा ७ वर्षसम्मको लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याजदरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिनु भएको छ ।

 

यो सम्झौता पश्चात दुई संस्थाबीचको व्यापार बढाउन सहयोगी हुने र भविष्यमा पनि सहकार्य गर्दैै अगाडि बढ्ने विचार बैैकका डिपुटी जेनेरल मेनेजर गौरव कुमारले व्यक्त गर्नु भएको थियो । लक्ष्मी कमर्शियल भेहिकल्सका सबै शाखा कार्यालयहरु, डिलरहरुबाट एभरेष्ट बैंकसँग भएको सम्झौताअनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरुलाई आवश्यक ऋण लिने प्रक्रियामा सहजीकरण गरिने लक्ष्मी कमर्शियलका नेटवर्क हेड इश्वर दाहालले जानकारी दिनु भएको छ ।

 

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक वितरकको रुपमा कार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरी नेपालको बजारमा बिक्री वितरण गर्ने र उक्त गाडीहरुलाई बिक्रीपछिको सेवा पनि दिंदै आएको छ । सएमएल इसुजुले १४ सिट क्षमतादेखि ५५ सिट क्षमता सम्मका स्कूल बसहरु, स्टाफ बसहरु तथा ३ टनदेखि ९ टन क्षमताका ट्रकहरुदेखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ । मजबुत बनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन् ।

 

प्रकाशित समय ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010