V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्नेछौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले देखिएको समस्या समाधानका लागि अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्ने बताउनुभएको छ । मन्त्री श्रेष्ठले भन्नुभयो– ‘अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्ने छौं ।’

 

अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्नेसमेत बताउनुभयो । उहँँले भन्नुभयो– ‘सरकारले अर्थतन्त्रमा देखिएको सिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल अर्थतन्त्रमा देखापरेका समस्या समाधान गरी मुलुकको समृद्धिको यात्रा तय गर्नु हो । त्यसैले सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको छ । वर्तमान अर्थतन्त्रमा देखापरेका समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षहरुसँग गम्भीर छलफलको शुरुवात गरेको छ ।’

मन्त्री श्रेष्ठलेले सरकार सबै पक्षसँग छलफल गरी समस्या समाधानमा लागिपरेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले उद्योग वाणिज्य क्षेत्रका सबै संगठनहरु र सरकारका सम्बन्धित निकायहरुसँग छलफल गरी तत्कालिन अर्थतन्त्रमा देखापरेका समस्या सम्बोधन गर्ने पक्षमा लागि रहेको छ । अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्ने छौं ।’

 

मन्त्री श्रेष्ठले अर्थतन्त्र गम्भीर संकटमा नरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो– ‘मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन । गम्भीर संकटमा नभए पनि केही समस्याहरु देखापरेका छन् । देखा परेका समस्या सरकारले समाधान गर्न नसक्ने छैनन् । अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न सरकारले केही स्टेप चालेको खण्डमा अर्थतन्त्र चलायमान बनाएर लैजान सक्ने विश्वास रहेको छ ।’

 

मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीसमेत गम्भीर भएर लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री लगायत अर्थ मन्त्रालयले राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरिरहेको छ । सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक छ ।’

प्रकाशित समय १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010