V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

साना तथा मझौला उद्योगहरुलाई संरक्षण गर्ने नीति ल्याउनुपर्छ : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकारले साना तथा मझौला उद्योगहरुलाई संरक्षण गर्ने नीति ल्याउनुपर्ने बताउनुभएको छ । उपाध्यक्ष ढकालले केटिएम भ्वाइसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । ढकालले भन्नुभयो– ‘साना तथा मझौला उद्योगहरुलाई संरक्षण गर्ने सरकारले नीति ल्याउनुपर्छ ।’

 

उपाध्यक्ष ढकालले बैंकहरुबाट ऋण लिनसक्ने र लिए पनि तिर्नसक्ने अवस्था नरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो– ‘पछिल्लो समय उद्योगी व्यवसायीहरुले बैंकबाट ठूलो ऋण लिनसक्ने अवस्था छैन र लिए पनि तिर्नसक्ने अवस्था छैन । साना तथा मझौला उद्योगहरुलाई संरक्षण गर्ने सरकारले नीति ल्याउनुपर्छ । मुलुकको अर्थतन्त्र आयातमुखी छ । नेपालको निर्यात संकुचन हुँदै गएको छ । मुलुकको राजश्व पनि आयातमा निर्भर भएको छ । मुलुकमा राजनीतिक स्थायीत्व आएपछि उद्योगहरुलाई उत्पादन मुलक अर्थतन्त्र बनाउन जरुरी छ । सरकारले जबसम्म उत्पादनलाई संरक्षण गर्ने र बैंकको ब्याजदरमा सहुलियत दिन नसक्दा सधैं निर्भर भएर बस्नुपर्छ ।’

 

उहाँले उद्योगी व्यवसायीहरु व्यवसाय छाडेर बैदेशिक रोजगारीमा पलायन हुनुपर्ने दुःखद खवस्था बढ्नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘उद्योग व्यवसायको संरक्षण नगर्दा व्यवसायी पलायन भएर वैदेशिक रोजगारीमा जानेको संख्या बढ्न सक्छ । तत्कालका लागि अर्थतन्त्रमा ठूलो समस्या छैन । अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदै गएका छन् । आर्थिक सूचकहरु सकारात्मक देखिए पनि सरकारले तत्काल गर्नुपर्ने काम गर्न नसक्दा अर्थतन्त्र स्ट्याण्ड स्टिल भएर बसेको छ ।’

 

उहाँले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण र किस्ता बुझाउने बारेमा बारम्बार फोन आउँदा उद्योगी व्यवसायीहरु व्यवसायको काममा भन्दा बैंकको ऋणका विषयमा बढी समय दिनुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘व्यवसायीहरुले बैंकलाई प्राथमिकतामा राखेर काम गर्नुपरेको अवस्था छ । सरकारले तत्काल एक वर्षको लागि पुुनःतालिकिकरण गर्नुपर्छ । उद्योग व्यवसायहरुलाई बैंकको प्रेसर नभएर उद्योग व्यवसायमा प्राथमिकता दिने वातावरण बनाउनुपर्छ ।’

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010