V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

आइएमई पेमा पहिलोपल्ट क्युआर भुक्तानी गर्ने ग्राहकलाई क्यासब्याकको सुविधा

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आइएमई पे’ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्नुहुने ग्राहकवर्गलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्नुहुने ग्राहकले ‘फस्टक्यूआर’ प्रोमोकोड प्रयोग गरी २५ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नुहुन्छ । सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्त्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले सुचारु गरिएको आइएमई डिजिटल सोलुसनले जनाएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्र्योट्ट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

प्रकाशित समय २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010