अख्तियारलाई कुनै हालतमा निजी क्षेत्रमा प्रवेश गर्न दिनुहुँदैन : वरिष्ठ उपाध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुने बताउनुभएको छ । केटिएभ भ्वाइसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अग्रवालले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘अख्तियारलाई कुनै पनि हालतमा निजी क्षेत्रमा प्रवेश गर्न दिनुहुँदैन ।’
वरिष्ठ उपाध्यक्ष अग्रवालले आजको आर्थिक समस्या आउनुमा विगतका सरकारको गलत नीति भएको आरोपसमेत लगाउनुभयो । उहाँले अहिलेको समस्या समाधान गर्न ब्याजदर एकल अंकमा नल्याइनहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले बैंकको ब्याजदर एकल अंकमा नल्याएसम्म अर्थतन्त्र तत्काल सुधार हुँदैन ।’
वरिष्ठ उपाध्यक्ष अग्रवालले आर्थिक संकटले धराशयी हुने अवस्थामा पुगेका उद्योगी व्यवसायीहरुलाई सरकारले आत्मविश्वास बढाउने नीति ल्याउन आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आर्थिक संकटले धराशयी हुने अवस्थामा पुर्याएका उद्योगी व्यवसायीहरुलाई सरकारले आत्मविश्वास बढाउने नीति ल्याउन आवश्यकता छ । राष्ट्र बैंकले अर्थतन्त्र संकुचन बनाउने लिएको नीतिमा पनि सुधार आएको छ । सरकारले बैंकको ब्याजदर एकल अंकमा नल्याएसम्म अर्थतन्त्र तत्काल सुधार हुँदैन । चालुपुँजी कर्जा नीतिको कारण उद्योगी व्यवसायीहरुलाई वित्तीय पहुँचमा समस्या भएको छ । वित्तीय पहुँच सहज नभएसम्म निजी क्षेत्रको लगानी आकर्षित हुन सक्दैन ।’
वरिष्ठ उपाध्यक्ष अग्रवालले विगतमा सरकारले बनाएको नीतिलाई अहिलेको समस्याको कारक बताउँदै भन्नुभयो– ‘विगतमा सरकारले बनाएको नीतिका कारण अहिले उद्योगी व्यवसायीहरुले समस्या भोग्नुपरेको छ । सरकारले आयातभन्दा पनि निर्यात प्रवद्र्धनमा जोड दिएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्छ । आत्मनिर्भर अर्थतन्त्रको लागि २० प्रतिशत प्रतिष्पर्धी क्षमता अपुग छ । निजी क्षेत्र मैत्री राजश्वका नीतिहरु आउनुपर्छ । असार मसान्त र पुस मसान्तसम्म उद्योगी व्यवसायीहरुले तिर्न नसकेको कर्जाको पुनःतालिकिकरण गर्नुपर्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका कम्पनीहरुमाथि समेत निगरानी गर्ने किसिमको नीतिको अग्रवालले विरोध गर्नुभयो । उहाँले भन्नुभयो– ‘अहिले निजी क्षेत्र हतोत्साहित भएको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रद्वारा प्रवद्र्धित पब्लिक कम्पनीहरु बैंक, बीमा, मेडिकल सबैमा हस्तक्षेपकारी जुन विधेयक ल्याएको छ । त्यसले पनि कहिल्यै पनि देशले आर्थिक समृद्धि पूरा गर्न सक्दैन । त्यस्तो भएमा निजी क्षेत्र पनि सरकारी कम्पनीहरु जस्तै हुने हो । निजी क्षेत्रले व्यवसायिक आधारमा निर्णय लिने हो । अख्तियारलाई कुनै पनि हालतमा निजी क्षेत्रमा प्रवेश गर्न दिनुहुँदैन । त्यस्तो भएमा निजी क्षेत्रको पूँजी पलायन हुने अवस्था आउँछ । बैंकहरुको विकास निजी क्षेत्रले गर्दा भएको हो ।
प्रकाशित समय १८:२५ बजे