V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

टेलिकमले भन्यो : आन्दोलनरतसँग हाम्रो कुनै सरोकार छैन

फुको चिउरा खाँदै आन्दोलन गर्नेहरु भन्छन् : हाम्रो रोजगारी खोसियो

काठमाडौं । नेपाल टेलिकम केन्द्रीय कार्यालयको प्रांगण बाहिर हाल केही व्यक्तिहरुले धर्ना दिइरहेका छन् । तिनीहरु को हुन् भन्नेबारेमा धेरैलाई चासो परेको छ । नेपाल टेलिकमले सेवा विस्तार, मर्मत सम्भार लगायतका कम्पनीको सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा विभिन्न सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम, कानूनबमोजिम सम्झौता गरी निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको छ । सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ ।

केही दिन पहिले सम्पन्न व्यवस्था अनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ । यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखिरहेको अवस्था छ । हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने अवस्था हुन्छ ।

नेपाल टेलिकमले यसो भनिरहँदा केन्द्रीय कार्यालय बाहिर आन्दोलन गरिरहेका व्यक्तिहरु भने नेपाल टेलिकमले आफूहरुलाई अन्यायमा पारेको भनिरहेका छन् । बोरामा भुजा र फुको चिउरा खाँदै आफूहरुको रोजीरोटी खोसिएकाले पुनः रोजगारीको निरन्तरताका लागि आन्दोलन गर्नुपरेको बताइरहेका छन् ।

आन्दोलनको नेतृत्वकर्ता इन्दिरा शर्मा भन्छिन्– श्रम ऐनमा नै स्वामित्व परिवर्तन भएमा पनि रोजगार कायमै रहने भन्ने उल्लेख छ । श्रम ऐनको दफा १४ को १ अनुसार कुनै रोजगारदाताको काम वा व्यवसाय वा सोको स्वामित्व परिवर्तन वा हस्तान्तरण भएमा वा त्यस्तो काम वा व्यवसाय सञ्चालन गर्न अरु कसैलाई दिएमा वा दुई वा दुईभन्दा बढी प्रतिष्ठान वा व्यवसाय आपसमा गाभिई नयाँ प्रतिष्ठान वा व्यवसाय सिर्जना भएमा त्यसरी स्वामित्व परिवर्तन वा हस्तान्तरण भएको वा सञ्चालन गर्न दिइए पनि रोजगारबाट हटाउन पाइने छैन । यसैलाई आधार मानेर हामीले रोजगारीमा पुनः जोडिनुपर्छ भनेका हौं ।

प्रकाशित समय १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010