1100×100 Nabil Advert

नयाँ वर्षको अवसरमा बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुटको व्यवस्था

काठमाडौं । विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी नयाँ वर्षको दिनमा सामान खरिद गरी स्मार्ट क्युआरमार्फत् भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ । यस छुट अफरअन्तर्गत सम्पूर्ण सामान खरिद गरि स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

 

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् । यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ । साथै हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रु १५० सम्म छुट साथै अफर पनि कायम नै रहेको छ ।

प्रकाशित समय १४:४५ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु