1100×100 Nabil Advert

नेपाल उद्योग वाणिज्य महासंघको दुई उपाध्यक्षमा ढकाल र वैद्य निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट दुई उपाध्यक्ष निर्वाचित भएका छन् । महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भए भने जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य विजयी भएका छन् ।

 

वस्तुगत उपाध्यक्षमा ढकाल ६१ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धीहरु मनिषलाल प्रधानले ५२ र सकुन्तलाल हिराचनले ७ मत भए । त्यस्तै जिल्ला नगरतर्फका उपाध्यक्ष सुरकृष्ण वैद्य ४३ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धीहरु अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मतमात्र ल्याए । अन्यको मतगणना जारी रहेको निर्वाचत समितिले जनाएको छ ।

प्रकाशित समय ०८:११ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु