नर्भिक स्थापनाको तीन दशक पूरा
काठमाडौं । देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको ३० औं वर्षमा प्रवेश गरेको छ । बसन्तकुमार चौधरीले बिएलसी होल्डिङ्सको छाताअन्तर्गत नेपालमा विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्न सन् १९९३ मा नर्भिक इन्टरनेशनल हस्पिटल स्थापना गर्नुभएको थियो । आज नर्भिक देशकै एक उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रुपमा स्थापित भएको छ । अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले भने– नर्भिकको यो गर्विलो यात्रामा साथ दिनुहुने सबैप्रति ३०औं वार्षिकोत्सवको अवसरमा आभार प्रकट गर्न चाहन्छौं । हाम्रो यो यात्रालाई सफल बनाउन मिडिया क्षेत्रको समेत उत्तिकै ठूलो सहयोग र भूमिका छ, यसप्रति तपाई सबै सञ्चारकर्मीहरुप्रति नमन गर्न चाहन्छौं ।
नर्भिक उच्च प्रविधि प्रयोगशाला सेवाहरू सहित एनएबीएल मान्यताप्राप्त तथा ISO 9001M2015 मापदण्ड पूरा गर्ने नेपालको पहिलो अस्पताल हो । त्यतिमात्र होइन क्याथेटराइजेशन ल्याब स्थापना गर्ने देशकै पहिलो निजी क्षेत्रको अस्पताल पनि हो । यहाँ स्तरीय इनभेसिभ र नन–इनभेसिभ कार्डियाक सुविधा उपलब्ध छन् ।
नर्भिक, परीक्षण प्रयोगशालाहरूका लागि राष्ट्रिय मान्यता बोर्ड भएको देशको पहिलो तथा सुरक्षित स्वास्थ्य सेवाका लागि फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने पहिलो निजी अस्पताल पनि हो । सुखद संयोग नै मान्नुपर्छ, साबिकको पार्किङ क्षेत्रमा नयाँ भवन निर्माण शुरु भएको पनि आज नै एक वर्ष पूरा भएको छ । हाल आफ्नै जग्गामा निर्माण भइरहेको बहुआयामिक र अत्याधुनिक भवनमा निकट भविष्यमै नर्भिकको सेवा विस्तार हुनेछ भने विगत १५ वर्षदेखि लिजमा लिइएको सरकारी जग्गामा सञ्चालित अक्सिजन प्लान्ट, जेनेरेटर सेवा र मूर्दाघर पनि नवनिर्माण हुन लागेको भवनमा स्थानान्तरण गरिने अध्यक्ष सिंहले जनाएको छ ।
शुरुवातमा हामीले भवन निर्माण एकवर्षमै सम्पन्न गर्ने भनेका थियौं । तर, विविध कारणले पूर्वघोषित समयमा निर्माण कार्य पूरा गर्न नसकिएको समेत जानकारी गराउन चाहन्छौं । ३० औं वार्षिकोत्सवको अवसरमा नर्भिकको व्यवस्थापनले केही अफरहरु समेत ल्याएको जानकारी गराएको छ ।
हस्पिटलको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने तथा सो उपलक्ष्यमा अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट दिने जनाएको छ । लेजर र हाइड्रा फेसियलमा, आइभिएफ (फर्टिलिटी प्याकेज) र म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुटको घोषणासमेत गरेको छ । पत्रकार परिवारका लागि विशेष हेल्थ प्याकेज निकट भविष्यमै ल्याइने, वैशाख महिनामा ४ वटा स्वास्थ्य शिविर आयोजना गरिने पनि अध्यक्ष सिंहले जानकारी दिएका छन् ।
प्रकाशित समय १९:४९ बजे




















