V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

अर्थमन्त्री डा. महत पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको थियो । आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ । विश्व भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ, यसलाई अझ कसरी वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।

 

विशेषगरी पूर्वाधार विकासमा विश्व बैंकको सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा.महतले राखेका थिए । विश्व बैंकले नेतृत्व गरिरहेको माथिल्लो अरुणमा थप लगानीकर्ता पनि विश्व बैंकले नै खोज्ने भएकाले यस विषयमा छलफल भएको थियो । माथिल्लो अरुण आयोजना सम्पन्न गर्ने विषयमा छलफल हुनुका साथै अन्य पूर्वाधार विकासमा पनि विश्व बैंकको सहयोग के कस्तो रहन्छ भन्ने विषयमा मन्त्री डा.महतले चासो राखेका थिए । मन्त्री डा.महतको चासोमा क्षेत्रीय उपाध्यक्ष रेजरबाट सकारात्मक जवाफ आएको सचिवालयले जनाएको छ ।

प्रकाशित समय २२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010