V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा चुनिनु पर्छ : व्यवसायी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारणी समितिको निर्वाचन जारी छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी निर्वाचनमा देशभरबाट आएका उद्योगी व्यवसायी मतदाताले उत्साहजनरुपमा मतदान गरिरहेका छन् । उनीहरुले मुलुकको वर्तमान आर्थिक चुनौतीको सामना गर्न सक्ने तथा सबै व्यवसायीलाई समेट्न सक्ने सक्षम एवं सवल नेतृत्व आफुहरुको चाहना भएको बताएका छन् । निर्वाचनका मतदान गर्न आएका व्यवसायी विश्वकुमार चन्दले उद्योग व्यवसायलाई स्वस्थ्य र सुदृढ बनाएर निर्धक्करुपमा चलाउन सक्ने वातावरण तयार गर्ने नेतृत्व महासंघमा आउनु पर्ने बताए ।

 

उनले भने, ‘नेतृत्वलाई ठूलो चुनौती छ । चुनौतीलाई सामना गर्नु अवसर प्राप्त हुन्छ । निजी क्षेत्रलाई नेपाल सरकारले वेवास्ता गरेको छ । सरकारसँग नङ र मासुको सम्बन्ध बनाएर व्यवसायीका माग अघि बढाएर व्यवसायीलाई निर्धकरुपमा व्यवसाय गर्ने वातावरण बनाइनु पर्छ ।’ अर्का व्यवसायी दीपक शाहीले व्यवसायीको प्रतिनिधित्व गर्न सक्ने व्यक्तिलाई नेतृत्वमा चयन गर्नुे पर्ने बताए । उनले पछिल्लो समय मिटर व्याजीको नाममा बैंकहरुबाट व्याजदर बढी लिइरहेको गुनासो गरे । उनले भने, जीवनस्तर उकास्न नयाँ नेतृत्वको आवश्यक छ । आर्थिक तरलतालाई निवारण गर्नुपर्छ । मिटर व्याजीहरु वहुउदेश्य संस्थाहरुले जनतालाई लुटिरेहका छन् । बैंकहरुको ८ प्रतिशत व्याजदर थियो । अहिले १८ प्रतिशतसम्म पुर्‍याएका छन् । नेपालीहरुको जीवन स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । नेपालका उत्पादनशील क्षेत्रहरु कमजोर स्थितिमा छन् । नेपालमै स्वरोजगार उत्पादन गर्न उद्योग वाणिज्य महासंघले भूमिका निर्वाह गर्नु पर्छ ।

 

त्यस्तै अर्का व्यवसायी राजेन्द्र घिमिरेले सामान्य व्यवसायीलाई पहिचानमा राखेर त्यसको भविष्य देख्न सक्ने नेतृत्व आउनु पर्ने बताए । उनले भने, नेतृत्व चयन गर्दा समस्यालाई बुझ्न सक्ने हुनुपर्छ । सामान्य व्यवसायीलाई पहिचानमा राखेर त्यसको भविष्य देख्न सक्ने नेतृत्व आउनुपर्छ । व्यवसायी श्रुति शर्माले व्यवसायीहरुलाई व्यवसाय गर्ने आर्थिक स्थायीत्वका लागि सहजीकरणको भूमिका खेल्न सक्ने र महिला व्यवसायीलाई समेटेर अगाडि वढन सक्ने नेतृत्व आवश्यक भएको बताए ।

प्रकाशित समय १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010