महिलाहरुलाई उद्यमी र वित्तीय पहुँचमा पुर्याउन पहल गरिरहेका छौं : शोभा ज्ञवाली (भिडियोसहित)

काठमाडौं । शोभा ज्ञवाली उद्यमी व्यवसायीको क्षेत्रमा नयाँ नाम भने होइन । विगत एक दशकभन्दा लामो समयदेखि उद्यमशीलताको क्षेत्रमा, महिला हकहितका क्षेत्रमा, वित्तीय स्थिति विस्तार गर्ने काममा निरन्तर लागिरहनुभएकी ज्ञवाली यसपटक भने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगततर्फ केन्द्रीय सदस्यको उम्मेदवार बन्नुभएको छ ।
आफ्नो उम्मेदवारीका सम्बन्धमा ज्ञवाली भन्नुहुन्छ– हाम्रो देश निकै नै आर्थिक संकटमा गुज्रिरहेको छ । हाम्रो जिम्मेवारी धेरै नै छ । हामीले गर्नुपर्ने कार्य आफ्नो सेक्टरबाट, आफ्नो व्यवसायबाट समाजमा एउटा नयाँ गति देखाउनको लागि गर्नुपर्ने छ । म महिला उद्यमी महासंघको प्रथम अध्यक्ष, एसपाली केन्द्रीय अध्यक्षमा अन्जनजी र मनिषजीको कार्य समितिमा उठ्ने जमर्काे गरेको छु । आज यहाँ सम्पूर्ण जति पनि उद्योग संघ, महासंघका अध्यक्षहरु हुनुहुन्छ । उहाँहरुले म हृदयदेखि हाम्रो टिममा हेरेर हजुरहरुको अमूल्य भोट दिनुहुन्छ भन्ने पूर्ण आशा लागेको छ ।
सानो परिचय राख्न चाहन्छु । महासंघमा विगत १२–१५ वर्षदेखि म त्यहाँ आबद्ध छु । त्यसैले महिला संघको उद्यमशीलको संगठनहरु बनाइसकेका छौं । महिलाहरुलाई कसरी व्यवसायमा ल्याउने, उनीहरुको प्रोडक्टलाई कसरी राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा लैजाने र उनीहरुलाई संगठित कसरी बनाउने, वित्तीय पहँुच कसरी बनाउने भन्ने बारेमा डिस्कशन गर्न गइरहेका छौं । त्यसमा हामी निरन्तर प्रयास गरिरहेका छौं । यही मुद्दाहरुलाई उद्योग वाणिज्य महासंघको केन्द्रीय कमिटीबाट केन्द्रीय सदस्यमा आएर मैले महिला उद्यमीको समस्या, टुरिजमको समस्या, युवाहरुको समस्याका बारेका काम गर्नेछु । सबैको साथ र सहयोगको अपेक्षा राखेको छु ।
प्रकाशित समय ११:५७ बजे