वरिष्ठ उपाध्यक्षमा संघईको उम्मेदवारी घोषणा, उपाध्यक्षमा समेटे वैद्य, हिराचन र श्रेष्ठलाई

काठमाडौं । व्यवसायी रामचन्द्र संघाईले नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले उद्योगी व्यवसायीका समस्या र त्यसको समाधान गर्ने विषयमा आफू पूर्ण जानकार रहेकाले महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी रहने बताए ।
उनले भने, ‘उद्योगी व्यवसायीका समस्या के छन्, त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा म पूर्ण जानकार छु । त्यसैले व्यवसायीको हकहितका पक्षमा निरन्तर लागि पर्ने अठोटसहित महासंघको वरिष्ठ उपाध्यक्षमा मैले उम्मेदवारी घोषणा गरेको छु ।’
व्यवसायीको हकहितका पक्षमा निरन्तर लागिरहने अठोट गरेका उनले सङ्गठनात्मक सुधार र समन्वय, कानून तथा नीति निर्माण र कार्यान्वयनमा सुधार एवं परिवर्तनका लागि पहल तथा पैरवी, आर्थिक विकास र अर्थतन्त्र सुधार मुख्य एजेन्डा रहेको बताए । वरिष्ठ उपाध्यक्षमा संघाईसहित अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र दिनेश श्रेष्ठले दाबी गरेका छन् । उद्योग वाणिज्य महासङ्घमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको अध्यक्ष रहने व्यवस्था छ । संघईको प्यानलबाट उपाध्यक्ष पदमा जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य र वस्तुगततर्फ सकुन्तलाल हिराचन रहेका छन् भने उनले यसअघि अन्जन श्रेष्ठको टिममा रहेकी व्यवसायी ज्योत्स्ना श्रेष्ठलाई आफ्नो प्यानलमा ल्याएका छन् ।
प्रकाशित समय २२:१४ बजे