प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुईबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रतिनिधिसभा नियमावली २०७९ संशोधनका विषयमा छलफल भएको छ । संशोधन मस्यौदा अहिले प्रतिनिधिसभामा विचाराधिन छ ।
मस्यौदा संशोधनका निम्ति संसद्मा सहभागि दलले संशोधन प्रस्ताव राखेका छन् । सत्ता गठवन्धनसँग आवद्ध राजीतिक दल सभामुखको अधिकार कटौती गर्ने पक्षमा छन् । प्रतिपक्षी दल एमाले यसको विपक्षमा छ । मत विभाजन हुँदा संसद्मा सत्ता गठवन्धनको बहुमत पुग्छ । त्यसो हुँदा सभामुख घिमिरेले राजनीतिक दलसँगको छलफललाई तिब्र पारेका छन् ।
सभामुख घिमिरले संसद् भवनस्थित शंकर हलमा विभिन्न राजनीतिक दलसँग छलफल गरेका थिए । भेटका क्रममा सदनका कामकारबाही प्रभावकारी बनाउने, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने र संघीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानूनको संशोधनलगायतका विषयमा पनि छलफल भएको थियो ।
प्रकाशित समय ११:१७ बजे