V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

मिटरव्याजी पीडितहरुको असह्य पीडा, राज्य कहाँ छ ?

काठमाडौं  । तेह्र दिन लगाएर पैदलै हिंडेर महोत्तरीबाट मिटरव्याजी पीडितहरु काठमाडौं आइपुगे पनि उनीहरुलाई सत्ताले सहयोग गरेको छैन । काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरूलाई महानगरले खुलामञ्च प्रवेशमा रोक लगायो । सोमबार दिउँसो महोत्तरीको बर्दिबासबाट काठमाडौं आइपुगेका पीडितहरू खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरले अवरोध गरेको हो ।

महानगर प्रहरीले पीडितलाई अवरोध गरेपछि केहीबेर दुबै पक्षबीच धकेलाधकेल भएको थियो । आफूहरूको घरजग्गा सबै गुम्ने अवस्थामा पुगेको र न्याय नपाएसम्म घर नफर्किने पीडित पलाश देवी महराको भनाई छ ।

‘हामी आफ्नो माग पूरा नभएसम्म फर्किंदैनौं । यस्तो अन्यायपूर्ण वातावरण छ । हामी हेपिएका छौँ । खुलामञ्च जनताको जग्गा हो । हामीले यो प्रयोग गर्न पाउनुपर्छ’ महराले भनिन् । उनीहरूले मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानून निर्माण गर जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

प्रकाशित समय २१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010