V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

अर्थतन्त्र जोगाउन रेमिटेन्समै भर पर्ने प्रवृत्ति घातक : डाक्टर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद् डाक्टर शेखर कोइरालाले मुलुकको अर्थतन्त्र विकासका लागि रेमिटेन्समै भर पर्ने नीति सुर्धानु पर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले देशको अर्थतन्त्रलाई लामो समयसम्म रेमिटेन्सबाट जोगाउन र चलाउन सम्भव नभएको बताएका हुन् । अर्थतन्त्रको मेरुदण्ड रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रा मात्र भएको भन्दै अब वैकल्पिक राय र राजस्व क्षेत्रको खोजी हुनु पर्नेमा जोड दिए ।

 

उनले भने ‘हामी सबैलाई थाहा छ । अहिले हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनेको रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रा मात्र भएको छ । यसले हाम्रो अर्थतन्त्रलाई जोगाएको मात्र छैन श्रीलंका र पाकिस्तानको जस्तो संङ्कटतर्फ जान पनि रोकेको छ । देशको अर्थतन्त्रलाई चिर कालसम्म रेमिटेन्सबाट जोगाउन र चलाउन सम्भव छैन भन्ने शिक्षा लिएर वैकल्पिक राय र राजस्व क्षेत्रहरूलाई खोज्नुपर्छ ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती थपिएकाले देशको अर्थतन्त्र निराशाजनक रहेको बताए । संसद्, सरकार र प्रतिपक्ष सबै एक ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न आवश्यक रहेको उनको भनाई छ ।

 

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010